प्रमुख समाचार

शेखरले भने: कांग्रेसलाई पुरानै लयमा फर्काउन १५ औँ महाधिवेशनको मिति तोकौँ

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनको मिति तोक्न आग्रह गरेका छन् । सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौँमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई  सम्बाेधन गर्दै कांग्रेस यसरी अगाडि बढ्न नसक्ने उनले बताए ।

कोइरालाले बलियो कांग्रेस बनाउन समयमा महाधिवेशन गर्नुपर्ने बताएका हुन् । पार्टीलाई पुरानै अवस्थामा फर्काउन समयमै १५ औँ  महाधिवेशन समयमा गर्नुपर्ने उनले धारणा राखे । कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगरिने उनको भनाइ छ ।

कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको बताएका छन् । ‘अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनु भएको छ । तर म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु'- कोइरालाले प्रश्‍न गर्दै भने,’ प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुनकाण्ड कहाँ पुग्यो ?’

 कोइरालाले  सरकारले जनभावना अनुरूप काम गर्न नसकेको भन्दै सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मूल गर्नुपर्ने बताए । ‘रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले अगाडि भने ।

 

भिड देखेपछि मन्त्री ज्यू किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री

इकागज | पुस १६, २०८०

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा...

गृहमन्त्रालय पुगेर ईपीएस शाखा प्रमुखले भनेका थिए टेन्सनको विषय छैन ३ बजेसम्म विरोध गर्छन् जान्छन्

इकागज | पुस १६, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा रोजगार अनुमति प्रणाली (ईपीएस) क...

बालकुमारी घटना : सरकारले गर्‍यो पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन

इकागज | पुस १६, २०८०

काठमाडौँ- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आय...