प्रमुख समाचार

धनगढीका मेयरविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

इकागज | पुस ११, २०८०

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उपमहानगरमा जग्गा प्लटिङसम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालविरुद्ध जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले पुस ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अब सर्वोच्च अदालतमा धनगढी उपमहानगरले कार्यविधि जारी गर्नुको कारण पेस गर्नुपर्नेछ । उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन् ।

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

इकागज | पुस ११, २०८०

काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको...

महिला राष्ट्रिय क्रिकेट : बागमतीले तेस्रो जित हात पार्दा मधेशको चौथो हार

इकागज | पुस ११, २०८०

काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले तेस्रो जित हात पार्दा मधेश प्...

अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको प्रधानमन्त्रीलाई सुझाव

इकागज | पुस ११, २०८०

काठमाडौँ - समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भएपनि दिनुपर्ने सुझाव प्रधा...

२१ दिनको मात्रै सिसिटिभी फुटेज स्टोरेज विषयमा क्यानले भन्यो : बजेट अभाव भयो

इकागज | पुस १०, २०८०

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुम...