दल

कांग्रेसको बागमती प्रदेश अधिवेशन आज, देउवाले उद्‌घाटन गर्ने

इकागज |
पुस ७, २०८० शनिबार ७:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेश सम्मेलन शनिबारबाट काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उद्‌घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।


प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

नवदुर्गा पार्टी प्यालेस सुकेधारमा उक्त सम्मेलनको उद्‌घाटन हुनेछ ।


Author

थप समाचार
x