प्रमुख समाचार

कस्तो रहला आजको मौसम ?

इकागज | मंसिर २७, २०८०

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध

इकागज | मंसिर २६, २०८०

भक्तपुर- भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापन...

मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी, दुईजना पक्राउ

इकागज | मंसिर २६, २०८०

काठमाडौँ- मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान...

दुर्गा प्रसाईंजस्ता स्यालको हुइँय्या अबका केही दिनमा समाप्त हुन्छ : पाण्डे

इकागज | मंसिर २६, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले दुर्गा प्रसाईंजस्ता स्यालको...