प्रमुख समाचार

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

इकागज | मंसिर २३, २०८०

भक्तपुर- भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।

पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए ।

कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए । गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा पाइएको थियो ।

रुस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउँदै पक्षीविज्ञ डा कमलराज गोसाइ, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्वीरसमेत कैद गरेका छन् ।

गोसाइका अनुसार यो चरा चिसो मौसममा बस्न नसक्ने भएकाले चिसो छल्न नेपाल आएको हो । कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई-वर्ड नेपालले अभिलेख गरेको उहाँले बताउनुभयो । करिब तीनदेखि चार केजी तौल हुने कलहाँस जाडो छल्न नेपाल आएपछि करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ ।

(समाचारसँग सम्बन्धित तस्बिर पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठबाट प्राप्त भएको हो ।) रासस

एकै रात छ घरमा चोरी

इकागज | मंसिर २३, २०८०

ढोरपाटन (बागलुङ)- बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ...

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति

इकागज | मंसिर २३, २०८०

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पत...

‘चिटिक्क लोमान्थाङ’

इकागज | मंसिर २३, २०८०

म्याग्दी- माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुङ्गा ...

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गर...