प्रमुख समाचार

श्रम शोषणमा परेकी महिलाको उद्धार

इकागज | मंसिर २१, २०८०

बेनी (म्याग्दी)- रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । 

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै  कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेतलगायत निजको उद्धार लागेका थिए । 

कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छन् । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए ।

करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्‌को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन् । 

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन् ।

प्रचण्ड सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैनः अध्यक्ष ओली

इकागज | मंसिर २०, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरका...

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन् । म...

'के खाऊँ के लाऊँ' भन्ने पीरमा बाँच्ने बरफल्याङवासी केरा र सुपारी स्याहार्न व्यस्त

इकागज | मंसिर २०, २०८०

अर्जुनधारा- कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिँड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिन्थे । निर्...

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्...

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाज...