प्रमुख समाचार

तदर्थमा चल्दै आएको स्काउटमा १२ वर्षपछि निर्वाचन

इकागज | मंसिर १९, २०८०

काठमाडौँ - १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।

बालबालिका तथा युवाहरूको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिए । निर्वाचनअघि यही मङ्सिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ ।

 ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट सङ्गठन (ओजम) र वाग्सका अन्तराष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।  विसं २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । विसं २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ ।

नेपाल  स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन । 

जलवायु परिवर्तनजन्य घटनाले अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी : राष्ट्रपति पौडेल

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जी...

नेताहरूले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि...

अनिताको मेहनत : अटो चलाएर पक्की घर बनाएँ, कमाई देखेर श्रीमान्‌ पनि विदेशबाट फर्किनुभयो

इकागज | मंसिर १९, २०८०

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हर...

एनसेलको कार्यालय अगाडि अनेरास्ववियुको नारा : नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल {फोटो फिचर}

अनुज बज्राचार्य | मंसिर १९, २०८०

काठमाडौँ- नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुले एनसेलको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ...