Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रमुख समाचार

तोसिमा कार्कीको सुझाव : लडेर शक्ति बर्बाद नगर्नुस्, अस्थायी टहरा बनाउन जाजरकोट आउनुस्

इकागज | मंसिर ७, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद तोसिमा कार्कीले आ-आफै लडेर शक्ति बर्बाद नगर्न प्रदर्शनकारीलाई सुझाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कार्कीले युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा गरेको प्रदर्शनप्रति इंगित गर्दै यस्तो सुझाएकी हुन् । 

उनले शक्ति बर्बाद गर्नुभन्दा जाजरकोटमा आएर अस्थायी टहरा निर्माण गर्न आग्रह गरिन् । उनले लेखेकी छिन्, 'आ-आफैँ लडेर शक्ति बर्बाद किन गर्नुहुन्छ रु बरु आउनुस् दुवै पक्ष यता जाजरकोट तिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरु निकालिदिऔँ।म यहिँ छु जाजरकोटमै। तपाईहरुको शक्ति पनि यता जनतालई सदुपयोग गरौँ । '

दुर्गा प्रसाईंले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने- 'हामी रगतको खोला बगाउन चाहन्नौँ'

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम सकिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपले स्थित...

गणतन्त्र भर्सेस राजतन्त्र : युवा संघ र प्रसाईं नेतृत्वको महाअभियानको विरोध प्रदर्शन आज

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- आज काठमाडौँमा दुई समूहले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमालेको युवा संगठन राष्...

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरू

इकागज | मंसिर ७, २०८०

त्रिवेणी (रुकुम पश्चिम)- गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टर...