प्रमुख समाचार

नेपाल सुपर लिगः आज दुई खेल हुँदै

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुने तालिका रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगअन्तर्गत पहिलो खेल झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ ।

झापा र पोखराबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ । जारी लिगमा पोखराले तेस्रो खेल खेल्दैछ । उसले अघिल्ला दुईमध्ये एक खेलमा जित हात पार्दा एक खेलमा बराबरी खेलेको छ । पोखरा ४ अंकसहित तालिकाको चौँथोँ स्थानमा छ ।

यता झापाले भने दोस्रो खेल खेल्दैछ । उसले खेलेको एकमात्र खेलमा पराजय भोगेको थियो ।

आजै साँझ ५:३० बजेबाट धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । अघिल्ला दुवै खेल जितेको धनगढी ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित तथा एक खेलमा अंक बाँडेको ललितपुर भने ४ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेलअगावै भारतले जित्यो अस्ट्रेलियाविरुद्ध क्रिकेट सिरिज

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- एक खेल अगावै भारतले पाहुना टोली अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरि...

मधेस प्रदेश सरकार गठन भएको ६ वर्ष : प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या

इकागज | मंसिर १६, २०८०

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रक...

भूकम्प पीडितको अस्थायी आवासका लागि शुक्रबार २४ करोड पठाइयो

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु

इकागज | मंसिर १५, २०८०

खोटाङ- दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बन...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकी बालविकास शिक्षिका मल्लविरुद्ध मुद्दा

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिको श्री माध्यमिक विद्यालय...