प्रमुख समाचार

संगठन विस्तारमा जुट्दै जनमत पार्टी

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाखसम्ममा आफ्नो पार्टीको संगठन विस्तार र अधिवेशन गर्ने निर्णय गरेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले संगठन विस्तार र पार्टीको प्रदेश अधिवेशन आगामी वैशाखसम्म टुंग्याउने निर्णय गरेको बताए ।

‘हामीले अहिले संगठन विस्तारको कामलाई प्राथमिकतामा राखेका छौं,’  उनले भने, ‘प्रदेशसम्मको अधिवेशन पनि वैशाखसम्ममा टुंग्याउने निर्णय पार्टीले गरेको छ ।’

नेता खानका अनुसार जनमत पार्टीले आगामी मंसिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन पूरा गर्ने छ । माघ १५ देखि फागुनसम्म सबै पालिको अधिवेशन सकिने गरी काम अगाडि बढेको उनले जानकारी दिए । त्यस्तै आगामी फागुन २० गतेसम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्याइ गरिएको अधिवेशनको जानकारी पार्टीको केन्द्रीय सचिवालयमा पुर्याइसक्ने योजना भएको नेता खानले बताए ।

पालीका स्तरको अधिवेशन सकिएपछि आगामी चैत ३ गते जिल्ला अधिवेशन र वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको नेता खानले जानकारी दिए । अहिले पार्टीले आफ्ना पुरानो सदस्यको सदस्यता नवीकरण र नयाँ सदस्यताको वितरण गरिरहेको समेत उनले बताए । प्रदेशको अधिवेशन सकिएपछि मात्रै केन्द्रीय अधिवेशनबारे निर्णय हुने नेता खानले जानकारी दिए । 

कोप–२८ : जलवायु संकट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सह...

जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा नेपालले भन्यो- भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुन...