Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

भूकम्पले घाइते ४८ जना निको भएर घर फर्किए

इकागज | कात्तिक २८, २०८०

राँझा (बाँके)- जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । 

अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

“सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ  बिरामीमात्रै हुनुहुन्छ”, उनले भने, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।”

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न संघ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो । रासस
 

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय : प्रधानमन्त्री प्रचण्ड

इकागज | कात्तिक २८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सं...

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

इकागज | कात्तिक २८, २०८०

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा &n...

नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन : महासचिव पोखरेल

इकागज | कात्तिक २७, २०८०

​काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको ...

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- ​ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध अव...

रवि लामिछानेकाे प्रश्न : अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...