सरकार

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

इकागज |
मंसिर १३, २०८० बुधबार ६:५९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् । 


प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाले बताए ।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । 

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । 

प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् । 
 


Author

थप समाचार
x