प्रमुख समाचार

स्वास्थ्य मन्त्री बस्नेतले कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेको छोरालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने

इकागज | मंसिर ११, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका- ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्च स्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क वितरण गरेको समेत दाबी गरे । 

मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा क्षेत्रमा मानव स्वास्थ्यमा समस्या {भिडियो}

इकागज | मंसिर ११, २०८०

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल सा...

नेपालले ५ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेच्यो, १९ करोड ३७ लाखको किन्यो

इकागज | मंसिर ११, २०८०

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ता...

त्रिविको दीक्षान्त पुस २ गते, छात्रा र छात्रले कस्तो ड्रेसअप गर्ने ?

इकागज | मंसिर ११, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । पुस २ गते राजध...