प्रमुख समाचार

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

इकागज | मंसिर ९, २०८०

काठमाडौँ- भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् ।  

हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन,  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध पक्ष, पर्यावरण संरक्षण, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

द्विपक्षीय सैन्यअभ्यासबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुवै मुलुकका सेनाको सहकार्य, साझेदारी एवं साझा सुरक्षा चासो सम्बोधन गर्न योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ । रासस

उर्लाबारी आगलागी : उपचाररत कार्कीको मृत्यु, मृतकको संख्या चार पुग्यो

इकागज | मंसिर ९, २०८०

मोरङ- कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्...

मदिराले मातेका साथीको छुरा प्रहारले पोर्चुगलमा क्षेत्रीको मृत्यु

इकागज | मंसिर ९, २०८०

लिस्बन- आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्...

गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा

इकागज | मंसिर ८, २०८०

अर्घाखाँची- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्...

धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्कियाे

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमा...

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ...

प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास : डा. भीमार्जुन आचार्य

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास ...