प्रमुख समाचार

भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन् ।​

मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताए । उनले जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने जिकिर गरे ।

नेता कोइरालाका अनुसार राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको छ । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धूमिल बनाएको बताए ।

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास पनि व्यक्त गरे ।

त्रिभुवन विमानस्थल भन्सार प्रमुखबाट पोखरेललाई हटाएर पाण्डेलाई दिइयो जिम्मेवारी

इकागज | साउन ९, २०८०

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेला...

रास्वपाका जिल्ला संयोजकले गरे पत्रकार अपहरण र आक्रमण, महासंघद्वारा कारबाही गर्न माग

इकागज | साउन ९, २०८०

काठमाडौँ- रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी...

नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया हो, काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : रमेश लेखक

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको ब...

महामन्त्रीले केन्द्रीय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँ : नेता बडू

इकागज | साउन ९, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार...