प्रमुख समाचार

आजकाे माैसम : कता हल्का वर्षा, कता भारी ?

इकागज | साउन ४, २०८०

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि  सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी भू भाग  एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग्दै इन्जिनीयरहरूको प्रदर्शन

इकागज | साउन ३, २०८०

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरूले मुख्यमन्...

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | साउन ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बद...

धरानमा डेंगु संक्रमण उच्च, विपी प्रतिष्ठानले सुरु गर्‍याे निःशुल्क क्लिनिक

बाबुराम भण्डारी | साउन ३, २०८०

विराटनगर । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सु...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री महतको आह्वान

इकागज | साउन ३, २०८०

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी...