प्रमुख समाचार

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो : प्रदीप ज्ञवाली

इकागज | साउन १, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरूलाई समेत आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रधानमन्त्री दाहालले भारत भम्रणका क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिदसहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए । पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्याए ।

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए ।

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिव अर्यालको निर्देशन

इकागज | साउन १, २०८०

काठमाडौँ- नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमक...

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेण्डा तय गरिने

इकागज | साउन १, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।  केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबा...