प्रमुख समाचार

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ

इकागज | असार ३१, २०८०

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबीच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको बताए । उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए । उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए । 

‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, शसस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ?' उनले भने 'विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्नेकुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभुति छ ।'

'आन्तरिक रुपमा हाम्रा संगठनहरुलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभुति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ' उनले भने 'कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन । यसमा पनि हाम्रो ध्यान दिनुपर्छ । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’ 

मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताए । 

एमालेप्रति यातायातमन्त्री ज्वालाको कटाक्ष : धुप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन

इकागज | असार ३१, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चा...

घरमै नागरिकता

इकागज | असार ३१, २०८०

भोजपुर- विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घ...

यस्तो हुनेछ आजको मौसम

इकागज | असार ३१, २०८०

काठमाडौँ- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...