प्रमुख समाचार

ललिता निवास प्रकरण : सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज

इकागज | साउन ३, २०८०

काठमाडौँ- ललिता निवास प्रकरणको सुनवाई नसकिएपछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो ।

गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो । 

सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । 

तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो ।  

प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

इकागज | साउन ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्&z...

महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालनमा रोक

इकागज | साउन २, २०८०

कञ्चनपुर - महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक...

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी विधेयकप्रति पीडितहरू असन्तुष्ट

इकागज | साउन २, २०८०

काठमाडौँ- ​मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याज सम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाएका...

कांग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

इकागज | साउन २, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव ...