प्रमुख समाचार

सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले अंक बाँड्यो

इकागज | साउन ५, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत क्रिस्टिन सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले १० खेलाडीमा सिमित नाइजेरियासँग अंक बाँडेको छ ।

अस्ट्रेलियाको मेलबर्न रेक्ट्याङगुलर स्टेडियममा समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा क्यानाडा र नाइजेरियाले गोल रहित बराबरी खेलेका हुन् ।

५० औँ मिनेटमा क्यानाडाकी सिंक्लेयरले गरेको पेनाल्टी प्रहारलाई नाइजेरियाकी गोलरक्षक चियामाका नाडोजिइले उत्कृष्ट बचाउँ गरेकी थिइन् ।

यससँगै सिंक्लेयर ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउन सकिनन् ।

नाइजेरिया दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । नाइजेरियाकी अवियोडनले रातो कार्ड खाएकी थिइन् । 

यस समूहमा अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गरेको थियो ।

बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

इकागज | साउन ४, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउने...

रास्वपा महामन्त्री ढकाल भन्छन् : अवसरवादीहरूलाई रोक्नु हाम्रो चुनौती हो

बाबुराम भण्डारी | साउन ४, २०८०

विराटनगर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं केन्द्रीय प्रवक्ता डा.मुकुल ढकालले पार्टीभित्र अ...