प्रमुख समाचार

महिला विश्वकप फुटबल : इतिहास रच्दै नर्वेमाथि आयोजक न्यूजिल्याण्डको विजयी सुरुवात

इकागज | साउन ४, २०८०

काठमाडाैं । अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजना भइरहेको महिला विश्वकप फुटबलमा आयोजक न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १-० गोलले विजयी भएको हो ।

हन्ना विल्किन्सनले ४८ औँ मिनेटमा गोल गर्दै न्यूजिल्याण्डलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । जुन याे महिला विश्व कप २०२३ को पहिलो गोल थियो ।

महिला विश्वकपमा प्रतियोगिताको इतिहासमा न्यूजिल्याण्डको यो पहिलो जित हो । यसअघि भएको १५ खेलमा न्यूजिल्याण्डले कुनै जित निकाल्न सकेको थिएन ।

समूह ए मा रहेको न्यूजिल्याण्डले अंक तालिकामा ३ अंक जोडेको छ । नवौँ संस्करणको यो महिला विश्वकप आगामी अगष्ट २० सम्म हुनेछ । 

यस्तै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार ३ः४५ बजेबाट  हुनेछ ।

 

संगठन विस्तारका लागि राप्रपाले दियो ९ सय नेतालाई भूगोलको जिम्मेवारी

इकागज | साउन ४, २०८०

काठमाडौँ- राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा ख...

कांग्रेस बैठकमा झापाको पार्टी विवाद छताछुल्ल, बुढाथोकीलाई कारबाहीको माग

इकागज | साउन ४, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारब...

उपेन्द्र यादवविरुद्ध उपनिर्वाचन लडेका जनमतका कुशवाहामाथि कारबाही

इकागज | साउन ४, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचन लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा...

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिनभित्र उजुरी दिइसक्नु पर्ने

इकागज | साउन ४, २०८०

काठमाडौँ- सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ...

कैलालीकाे रानाथारु गाउँमा सावनको डोलाको रौनक, यसरी मनाइन्छ याे पर्व

दीपक उपाध्याय | साउन ४, २०८०

कैलाली । रानाथारु गाउँमा यतिबेला सावनको डोलाको रौनक छाएको छ । रानाथारु समुदायले गाउँको बीच भागमा ...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

इकागज | साउन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।  सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालय...

एयरपोर्ट भन्सार पास भएर ट्याक्सीमा हाल्न खोज्दा समातिएको थियो झण्डै एक सय किलो सुन

इकागज | साउन ४, २०८०

काठमाडौँ- राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अप्रेशनमा ८० किल...