सुर्खेती नन्दालाई कोरियामा स्वर्ण पदक
सुर्खेत- सुर्खेतकी चेली नन्दा बस्यालले कोरियामा स्वर्ण पदक जितेकी छन् । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा बस्यालले स्वर्ण जितेकी हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहेकी सुर्खेतकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् । ५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहितका अन्य खेलाडी सहभागी छन् । खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जीवनलाई समेत निरन्तरता दिँदै आएकी छिन् ।
सुर्खेतबाट कलाकारिताको सुरुवात गरेकी बस्याल राष्ट्रिय स्तरसम्म पहिचान स्थापित गर्न सफल भएकी छन् ।