प्रमुख समाचार

उपनिर्वाचन : आजबाट दल दर्ता प्रक्रिया सुरु

इकागज | चैत ८, २०७९

काठमाडौं - निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।​ बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आह्वान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो । 

यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।
 

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने-सरकारले पूर्णता पाउने प्रक्रिया सुरु भइसक्यो

इकागज | चैत ७, २०७९

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बत...