प्रमुख समाचार

रवि लामिछानेलाई राहदानी कसूरमा मुद्दा नचलाइने

इकागज | चैत ६, २०७९

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी कसूरमा मुद्दा नचलाइने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिए । लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यायलले यस्तो निर्णय गरेको हो । 

 प्रहरीले लामिछानेले झुटो विवरण पेस गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने राय सरकारी वकिल कार्यालयलाई दिएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।

प्रचण्डले ओलीलाई भने : मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

इकागज | चैत ६, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूल...

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताकाे विजेतालाई ५ हजार अमेरिकी डलर पुरस्कार

इकागज | चैत ६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा भ...

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : अर्को विश्वासको मत कहिले लिनुहुन्छ ?

इकागज | चैत ६, २०७९

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीको अर्को विश्वासको मत लिने कार्यस...