प्रमुख समाचार

उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

इकागज | चैत ३, २०७९

काठमाडौँ - उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले
सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन् । 

अन्य सांसदहरूले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।
 

तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा, काठमाडौँमा दिउँसो पानी पर्ने सम्भावना

इकागज | चैत ३, २०७९

काठमाडौँ - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक बदली रही कोश...

मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू : निर्वाचन आयोग

इकागज | चैत २, २०७९

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठक, छलफल गरेर निर्णय...