प्रमुख समाचार

'इन्डिकेटर' मा समस्या देखिएपछि बुद्धको जहाज रनवेबाट फिर्ता

इकागज | चैत १३, २०७९

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि रनवेबाट फर्किएको छ ।

काठमाडौँबाट भैरहवाका लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 

उनका अनुसार 'इन्डिकेटर' मा समस्या आएपछि जहाज पुनःपार्किङमै फर्किएको हो । सोमबार २:४५ बजेको उडान तालिका रहेको उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु सवार थिए ।

 'मेसिनरी चिज भएकाले समय-समयमा समस्या देखापर्छ,' उनले भने, 'समस्या देखिएपछि पाइलटले फेरि ब्याक गरेर ल्याएको हो । सामान्य अवस्था हो ।'

 

भूमि अभियन्तामाथि लगाइएको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीको प्रदर्शन

इकागज | चैत १३, २०७९

काठमाडौँ - भूमि अभियन्तामाथि लगाइएको झुठो मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरूले काठमाडौंमा...

किराती भन्छन्- मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ, हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने

इकागज | चैत १३, २०७९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको ब...

एटीसीको अनुमतिबिना जहाज तल झारेको विषयमा प्राधिकरणले एयर इण्डियालाई पत्र पठायो

इकागज | चैत १२, २०७९

काठमाडौँ- एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल...