प्रमुख समाचार

उपनिर्वाचन

बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

इकागज | चैत १६, २०७९

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

यही १८ चैतदेखि लागू हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

जितनारायण श्रेष्ठ भन्छन्- नाकको डाँडी कसको भाँच्नुपर्ने रहेछ जनताले बुझिसके

इकागज | चैत १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी ग...

तीन वर्षमा सक्नुपर्ने नयाँ संसद् भवनको काम साढे तीन वर्षमा ६२ प्रतिशत मात्रै

इकागज | चैत १६, २०७९

काठमाडौँ - सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसाय...

'मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन'

इकागज | चैत १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिल...