राजनीति

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

इकागज | साउन ४, २०८१
काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ ।