राजनीति

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

इकागज | असार ३०, २०८१
काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःसंकोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।'  नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर ...