राजनीति

राष्ट्रिय सभामा ९९.३२ प्रतिशत मत खस्यो, १४ जना अनुपस्थित

इकागज | माघ ११, २०८०
काठमाडौँ - राष्ट्रिय सदस्य निर्वाचनमा भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार कुल मतदाता रहेका दुई हजार ४६ मतदातामध्ये दुई हजार ३२ जनाले मतदान गरेका छन् । १४ जना मतदानमा अनुपस्थित भएको आयोगले जानकारी दिएको छ । सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मध्ये ५४६ जनाले मतदान गरेका छन् । यस्तै गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखतर्फ १४९७ मध्ये १४८६ जनाले मतदान गरे ।