राजनीति

दुर्गा प्रसाईं भन्छन्- भोलिदेखि काठमाडौँ बन्द

इकागज | मंसिर ७, २०८०
काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ बन्दको घोषणा गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दापनि प्रहरीले हस्तक्षेप गरेपछि उनले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका हुन् । आजको बल्खुको आन्दोलनमा प्रहरीसँगको झडपमा आफ्ना केही समर्थक घाइते भएको पनि उनले बताए । प्रसाईंको आन्दोलनलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 
दल

दुर्गा प्रसाईंले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने- 'हामी रगतको खोला बगाउन चाहन्नौँ'

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम सकिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपले स्थित...