राजनीति

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

इकागज | मंसिर १०, २०८०
काठमाडौँ- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो भने यसबीचमा पौड्यालविरुद्ध दुई वटा उजुरी परेको थियो । उजुरीकर्तामध्ये सम्पर्कमा आएका एक जनासँग समितिले आइतबार ...