काभ्रेमा भागबण्डा मिल्यो, कुन स्थानीय तह कसलाई ?

इकागज | बैशाख ११, २०७९

काठमाडौँ - काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । 

सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले १३ स्थानीय तहमा आज चुनावी तालमेल गरेर जाने सहमति गरेको हो । 

कांग्रेसको भागमा बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका परेको छ । 

यस्तै समाजवादीले धुलिखेल नगरपालिका र मण्डन देउपुर नगरपालिका भाग पाएको छ । यस्तै माओवादी केन्द्रले चौरी देउराली गाउँपालिका, भुम्लु गाउापालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका भाग पाएको हो । 

काठमाडौँको मेयरमा सिफारिस भएका स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

इकागज | बैशाख ११, २०७९

मकवानपुर- आसन्‍न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बा...

भरतपुरमा भागबन्डा टुंगियो : प्रचण्डको वडा पनि कांग्रेसको भागमा, कसको भागमा कुन वडा ?

इकागज | बैशाख ११, २०७९

भरतपुर- सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर मह...

एमालेले चितवनमा टुंग्यायो उम्मेद्‌वार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

इकागज | बैशाख ११, २०७९

चितवन- नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मन...

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्‍मेद्‍वार, कुन पालिकामा को ? (सूचीसहित)

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- नेकपा (एमाले) ले सिन्धुपाल्चोकमा स्थानीय तहको उम्‍मेद्‍वार टुंग्याएको छ । शनि...