बागमती प्रदेशका १ सय १९ स्थानीय तहमै गठबन्धन गर्ने सहमति

इकागज | चैत २८, २०७८

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा सहमतिको नजिक पुगिएको हो । 

छलफलमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहहरुमा १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।

हिजो आईतबार र आज सोमबार काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमूखहरुको उपस्थिति रहेको थियो ।

यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा स्थानीय र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् । 

बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।

‘विगतको अवस्थालाई भुल्दै र आगामी निर्वाचनमा सफलता हासिल गर्न तर्झ एकमत हुँदै हामी साझा सहमतिको नजिक पुगेका छौ’ नेपालले भने ।

ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी

इकागज | चैत २८, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्...

एमालेबाट हेटौंडा उपमहानगरको मेयर, उपमेयर उम्मेदवारी टुङ्गो लाग्दै

इकागज | चैत २७, २०७८

मकवानपुर - बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनको ला...

दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

इकागज | चैत २७, २०७८

काठमाडौं - काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर अन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई...

टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोला : मन्त्री खतिवडा

इकागज | चैत २६, २०७८

हेटौंडा- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा स...

हेटौंडा उपमहानगरका वडामा एमाले गर्‍यो उम्‍मेद्‍वार सिफारिस

सरिता दाहाल | चैत २५, २०७८

मकवानपुर- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १९ मध्...