ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

इकागज | कात्तिक ५, २०८१

रामेछाप- फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । 

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ । 

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उहाँले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए । एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिएका छन् । उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरू उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए । 

उनले भने, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ । 

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए । 

साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि रु पाँच लाख अनुदान लिनुभएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए । 

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उनले भने, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।”

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उनले ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० र सयपत्री फूल प्रतिकेजी रु दुई सय ५० मा बिक्री सुरु गरेका छन् । यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन् ।

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

इकागज | कात्तिक ५, २०८१

बागमती- हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभ...

गजुर उल्टो पारिने : ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ हेर्न घुइँचो

इकागज | कात्तिक २, २०८१

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राले त्यस क्षे...

बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता

इकागज | कात्तिक १, २०८१

हेटौंडा - बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुई वटा विधेयक प्रमाणीकरण गर्दै एउटा ...

सिन्धुपाल्चोकमा टुङ्ना बजाउने वीरबहादुरको जापानमा एकल टुङ्ना साँझ हुँदै

निरोज चौलागाईं | कात्तिक १, २०८१

सिन्धुपाल्चोक- भोटेकोसी गाउँपालिका- १ का वीरबहादुर विकले जापानमा हुन लागेको एकल टुङ्ना साँझमा प्रस्तुत...