पहिरोले मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध

इकागज | असार १, २०७८

पर्वत : लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत-बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उनले बताए ।

यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी-मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका-८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्‍ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।

वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।

यसैगरी दक्षिण पर्वतको हुवास-वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन । रासस

सांसद पद गुमाएपछि कृष्ण थापा भन्छन् : अनौठो मजाक गरे, म स्वार्थको सिकार भएँ

अनिष भट्टराई | जेठ ३१, २०७८

पोखरा : राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफूमाथिको कारबाहीलाई ५ मुखेहरूले गरेको इतिहासकै ठूलो म...

स्वास्थ्य क्षेत्रमा गण्डकी सरकारको नीति कार्यक्रम: ट्रमा सेन्टर स्थापनादेखि यौनहिंसामा परेकालाई नि:शुल्क शिक्षा

इकागज | जेठ ३१, २०७८

पोखरा : गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने ...

गण्‍डकीमा पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन कानुन बनाउने निर्णय

इकागज | जेठ ३१, २०७८

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज नीति कार्यक्रम ...