बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई पढाइको चिन्ता

इकागज | असार १२, २०७८

मनाङ : अविरल वर्षापछि आएको बाढीले जिल्लाका मनाङका विभिन्न विद्यालय बगाएपछि अभिभावक, शिक्षक र विद्यार्थी अन्यौल बनेका छन् । जिल्लामा रहेका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ । यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ ।  

थोंचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत मनोज गुरुङ भन्‍छन्, 'हाम्रो त न गाउँ रहेको छ न त विद्यालय, अब पढ्न पनि आफ्नै जिल्लामा बसेर पढ्न नपाइने भयो ।' बाढीले उहाँले अध्ययन गर्ने विद्यालयको निशान मात्रै रहेको छ । 

कक्षा ९ मा अध्ययनरत प्रिया गुरुङ अब जिल्लामा घर नजिकै बसेर पढ्न पाउने अधिकार नै बाढीले छिनेको बताउँछिन् । मनाङका विद्यार्थीले घरबार गुमाउनुका साथै विद्यालय पनि बगाएपछि शिक्षाबाट वञ्चित भएको प्रियाको भनाइ छ । 

नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय मस्र्याङ्दीको बाढीको डुबानमा छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले जानकारी दिए । 

विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताए । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ । रासस
 

गण्डकीमा विनाविभागीय चार मन्त्रीले भोलि जिम्मेवारी पाउने, कसलाई कुन मन्त्रालय ?

अनिष भट्टराई | असार १२, २०७८

पोखरा : गण्डकी प्रदेशमा सपथलिएको १७ दिनपछि आइतबार चार विनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने भएका छन् ।...

हुप्सेकोटको बजेट : दुधमा किसानलाई प्रोत्साहनदेखि छोरीको सुनौलो भविष्य कार्यक्रमसम्म

इकागज | असार ११, २०७८

नवलपुर : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा...

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

इकागज | असार १०, २०७८

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिला...