कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा खनाल
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा दैलेखका मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार नै नवनियुक्त न्यायधिवक्ता खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनालाई पद तथगा गोपनीयताको सपथ गराएका हुन् ।
बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा खनाललाईमहान्याधिवक्तामा नियुक्त गरेका थिए ।