विधान संशोधन गर्दै माओवादी

लक्ष्मी भण्डारी | चैत १३, २०७७

सुर्खेत : नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले विधान संशोधन गर्न लागेको छ ।  माओवादी केन्द्रको संसदीय दलको बैठकले विधान संशोधन गर्ने निर्णय गरेपछि कर्णाली प्रदेश संसदीय दलले विधान संशोधन गर्न लागेको हो । विधान संशोधनको लागि तीन सदस्यीय समिति बनाइएको छ । जसमा प्रमुख सचेतक नेपाली संयोजक छिन् भने सांसद रातो कामी र गणेश प्रसाद सिंह सदस्य छन् ।

यसअघि बनेको नेकपा माओवादी केन्द्रको विधान अहिले नयाँ राजनीतिक परिस्थिति अनुसार संशोधन आवश्यक भएकाले त्यसतर्फ लागेको विधान संशोधन समितिका सदस्य रातो कामीले बताए । तत्कालीन अवस्थामा माओवादी र एमालेको एकीकरणको प्रक्रियाकै क्रममा कर्णाली प्रदेशमा पनि नेकपा संसदीय दलको विधान लागू गरिएको थियो सर्वोच्चले नेकपालाई वैधानिकता नदिएर एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि विधान संशोधन गर्न लागिएको हो ।

‘हाम्रो परानौ विधान थियो पार्टी एकीकरण नहुँदैको विधान थियो’ सांसद एंव अब त्यसलाई सक्रिय बनाएर लागू गर्नको लागि संशोधन गर्न लागेका हौ । यसमा थोरबहुत मात्र संशोधन गर्न लागिएको उनको भनाई छ । दललाई व्यवस्थापन गर्नको लागि हामीले विधान संशोधन गर्न लागेको उनको भनाई थियो । ‘यसअघि नेकपाको विधान अनुसार प्रक्रिया चलिरहेको थियो, अब हामीले पहिला तयार पारेको माओवादी केन्द्रको छुट्टै विधानलाई संशोधन गरी त्यस अनुसार चल्ने तयारी गरेका छौँ,’ रातो कामीले भने । 

तस्वीर ः नेकपा माओवादी कर्णाली प्रदेशको बैठक । 


 

अख्तियारले नियन्त्रणमा लियो मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयका कागजपत्र

इकागज | चैत १२, २०७७

सुर्खेत : मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले न...

कर्णालीमा सामुहिक आत्महत्या प्रकरण, प्रहरीले अघि बढायो अनुसन्धान

लक्ष्मी भण्डारी | चैत १२, २०७७

सुर्खेत : कर्णाली नदीमा सामुहिक आत्महत्याको घटनामा दैलेख प्रहरीले अनुसन्धान अघि बढाएको छ । आफ्ना चार छोर...