कर्णाली : अस्तव्यस्त सरकार, फुर्सदिलो प्रदेश सभा

इकागज | फागुन २३, २०७९

सुर्खेत- दोस्रो कार्यकालमा पनि कर्णाली प्रदेश सभा फुर्सदिलो बनेको छ । प्रदेश सभा गठन भएको तीन महिना हुँदासम्म पनि नियमित बैठक बस्न सकेको छैन ।

सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा बैठक बस्न सकेको छैन । अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख चयनबाहेक अन्य कुनै पनि कामहरू हुन सकेका छैनन् ।

सांसदहरू सत्ताको खेलमै रमाउँदा सरकार अस्थिर बनेको छ । सरकार निर्माणका लागि सांसदहरू केन्द्रको सर्कुलर कुरेर बसिरहेका छन् । पुरानै गठबन्धन ब्यूँतिएपछि अझै सरकार लामो समयसम्म अस्थिरतातर्फ जाने देखिन्छ । माघ ६ यता प्रदेश सभा बैठक बसेको छैन । अनिश्चितकालका लागि स्थगित भएको संसद् बैठक कहिले बस्छ भन्ने नै टुंगो छैन ।

त्यसैगरी विषयगत समितिहरू गठन हुन बाँकी नै छन् । प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न, सरकारबाट भएका काम अनुगमन र मूल्यांकन गर्न तथा सरकारलाई आवश्यक निर्देशन दिन बनाइने संसदीय समिति नै नहुँदा प्रदेश सभाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसकेको बताए ।

त्यसैगरी संसदीय समितिहरू गठन हुन नसकेको बुढाथोकीकाे भनाइ छ । 

प्रदेश सभाले पहिलो कार्यकालमा ५३ कानुन पारित गरेको थियो भने झण्डै एक दर्जन विधेयक प्रदेश सभामा विचाराधीन थिए । प्रदेश सभाको कार्यकाल सकिएपछि ती विधेयक स्वतः निष्क्रिय हुन्छन् ।

माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका मुख्यमन्त्री राजकुमार शर्माले नयाँ गठबन्धनसँगै पुनः सरकार गठनको कामलाई अघि बढाउनेछन् । यसरी सरकार निर्माणमै व्यस्त रहने जनप्रतिनिधि नागरिकका सरोकारका विषयमा कामतिर भने ध्यान दिएका छैनन् । सम्भवतः राष्ट्रपतिको निर्वाचनपछि नयाँ गठबन्धनसहितको सरकार बन्ने देखिन्छ । कर्णालीमा भने एमालेले अझै सरकारमा बस्ने या बाहिरिने भन्ने विषयमा धारणा बाहिर ल्याएको छैन ।

यता राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पश्चात् सरकारले संसद्लाई पर्याप्त बिजनेस दिने गरी गृहकार्य गरिरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी बताउँछन् । ‘राष्ट्रिय राजनीतिका कारण सरकार सहज रूपले अगाडि बढ्न नसक्दा संसद्ले बिजनेस नपाएको अवस्था हो । हामीले संसद्‍मा आवश्यक विधेयकहरू टेबुलका लागि गृहकार्यलाई अन्तिम चरणमा पुर्‍याएका छौँ ।’

मन्त्री जिसीले भने, ‘सरकार र संसद्सँग सम्बन्धित काम कारबाही तथा आवश्यक कानुनबारे परामर्शमै छौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पश्चात् संसद्ले पर्याप्त काम पाउँछ ।’

ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्दै कर्णालीका मुख्यमन्त्री

इकागज | फागुन २१, २०७९

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ड्रागन खेतीबाट मनग्य आम्दानी गरेको बताएक...

कर्णालीका मुख्यमन्त्री शर्माकाे सम्पत्ति विवरण सार्वजनिक : ५ लाख नगद र २ तोला सुन

इकागज | फागुन २१, २०७९

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक गरिएकाे छ । आइतबार मुख्यमन्त्...

कर्णालीमा अबकाे दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य, के मुगु बाधक बन्ला ?

इकागज | फागुन १८, २०७९

मुगु ।विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवा...

राप्रपाले गर्‍याे कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

इकागज | फागुन १८, २०७९

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान राप्रपा कर्ण...

भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौं : मुख्यमन्त्री शर्मा

इकागज | फागुन १७, २०७९

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति न...

सुर्खेत आएर नेपालले भने : आँट हुनेले राजनीतिको कोर्स चेन्ज गर्छ

इकागज | फागुन १५, २०७९

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट हुनेले राजनीतिको ...