समाज

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृ्त्यु

इकागज | बैशाख ३०, २०८१
धनगढी - कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा खड्काको उद्धार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।​ ...