समाज

आलेख

कुमाल जातिको सीपको कदर हुने बेला

अजयकुमार साह | कात्तिक २४, २०८०
धनुषा- दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआंगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरू दीपावली, तिहारजस्ता चार्डपर्वहरू आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका...