समाज

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

इकागज | कात्तिक २०, २०८०
रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडितपरिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई  किरियाखर्च उपलब्ध गराइएको हो । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई रु २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।  ...