समाज

भासिएको सडकले सधैं जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

इकागज | भदौ २, २०८०
मलेखु (धादिङ)- धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन् । जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ ।  सडक कुनापट्टि र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचना जोखिममा परेका छन् । सडक भासिएर चिराचिरा परेको छ । सिरानबजार क्षेत्रमा आ...