पर्यटन

लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

इकागज | फागुन २५, २०७८

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । 

नवनियुक्त भएकालाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन् । उक्त कोषमा नियुक्त भएका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन्। 

यसैगरी परिषद् सदस्यमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव तथा गोपिकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीलाई मन्त्री आलेले निर्धक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिए। आउँदै गरेको बुद्धजयन्ती भव्य तथा सभ्यरूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत निर्देशन दिए ।

कर्णालीका जोखिममा परेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी सुरक्षित स्थानमा सारिने

इकागज | फागुन २५, २०७८

कर्णाली - कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ। कर्णा...

गण्डकी र मधेशका पर्यटकीयस्थललाई अन्तराष्ट्रिय स्तरमा जोडिने : पोखरेल

इकागज | फागुन २४, २०७८

जनकपुरधाम–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका लागि शनिबार मधेश प्रदेशको...