विश्व

महात्मा गान्धीका पनाति पक्राउ

इकागज | साउन २४, २०८०

नयाँ दिल्ली - महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

 ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । 

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् । 

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

यसैबीच, महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा “ आज महत्वपूर्ण दिन हो ... यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन् । महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ ।  अहिले उहाँका नातिनातिनालाई हिरासतमा राखिएको छ ।   के हामी अझै औपनिवेशिक युगमा छौ,” प्रश्न गरे । 

बेइजिङमा मुशलधारे बर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

इकागज | साउन २४, २०८०

बेइजिङ - भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको...

'रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाए'

इकागज | साउन २४, २०८०

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्...