विश्व

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि भगवानको आशीर्वाद : भारतीय प्रधानमन्त्री मोदी

इकागज | साउन २५, २०८०

नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । 

उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरे । 

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् ।  म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”
 
प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । 

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।” 

उनले विपक्षी गठबन्धनलाई संकेत गर्दै भने, “मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो । अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।” 

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दावी गरेका छन् । 

उनले भने, “एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।”

अविश्वासको प्रस्तावमाथि मङ्गलबारदेखि बहस सुरु भएको थियो । 
 

चीनमाथि अमेरिकाको एक्सन : संवेदनशील प्रविधिमा अमेरिकामा गर्ने लगानीमाथि प्रतिबन्ध

इकागज | साउन २५, २०८०

वासिगंटन डिसी- चीनविरुद्ध ठूलो कदम चाल्दै अमेरिकाले एक कार्यकारी आदेश जारी गरेको छ ।  यस आदे...

क्यान्सर पीडित १० वर्षीया छोरीले दुलही बन्न चाहेपछि गरियो बिहे, तर बाँचिनन्

इकागज | साउन २५, २०८०

न्युयोर्क- जब मानिसको मृत्यु नजिक हुन्छ, तब उसको अन्तिम इच्छालाई स्वीकार गर्नुपर्छ। त्यसोभए यो किन अनौठो हु...

ट्रम्पको घोषणा : सत्तामा आएमा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने

इकागज | साउन २५, २०८०

वासिंगटन। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्प शायरमा आफू सत्तामा आएमा अमेरिकी इतिहासकै...