विश्व

आज पाकिस्तानमा संसद्‌ विघटनका लागि पत्र बुझाइँदै

इकागज | साउन २४, २०८०

इस्लामबाद- पाकिस्तानमा प्रधानमन्त्री सेहबाज सरिफको कार्यकाल अगस्ट १२ मा सकिँदैछ।

यसका कारण प्रधानमन्त्री शहबाज शरीफले मंगलबार भनेका थिए आज उनले राष्ट्रपति आरिफ अल्वीलाई पाकिस्तानको नेशनल असेंबली समयपूर्व विघटन गर्न पत्र लेख्ने बताएका छन्, ताकि देशमा जतिसक्दो चाँडो निर्वाचन होस्। 

इस्लामावादमा आयोजित एक कार्यक्रममा शहबाज सरिफले अन्तरिम सरकारले बाँकी अवस्थालाई सम्हाल्ने बताएका छन् ।

अर्कोतर्फ प्रधानमन्त्री शाहबाजको सिफारिस स्वीकार भए ४८ घण्टाभित्र सरकार विघटन हुने र सरकारले निर्धारित समयभन्दा तीन दिन अगाडि नै नेशनल असेंबली विघटन गरी ९० दिनभित्र निर्वाचन गर्ने घोषणा गरेको छ 

उनले रावलपिंडीमा पाकिस्तानी सेनाको जनरल हेडक्वार्टरको विदाई भ्रमण गरेका छन्। एक रिपोर्टका अनुसार प्रधानमन्त्री सरिफले मंगलबार जनरल हेडक्वार्टर (जीएचक्यू)मा आफ्नो विदाई भ्रमण गरे, प्रधानसेनापति जनरल असिम मुनीरले प्रधानमन्त्रीलाई न्यानो स्वागत गरेका थिए । 

सरकार प्रमुखको रूपमा आफ्नो कार्यकालको महत्त्वपूर्ण क्षणको रूपमा स्मरणसमेत गरेका छन र प्रधानमन्त्री शाहबाजले देशका शहीद वीरहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेशनल असेंबलीका विपक्षी दलका नेता राजा रियाजले कार्यवाहक प्रधानमन्त्रीको नामबारे प्रधानमन्त्रीसँग अहिलेसम्म भेट वा परामर्श नगरेको बताए । उनले बुधबार बैठक बस्ने र कार्यवाहक प्रधानमन्त्री को हुने ? भन्ने विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

इकागज | साउन २३, २०८०

इस्लामावाद - भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल...

युक्रेनमा मिसाइल हमला, एक प्रहरी अधिकारीसहित पाँचको मृत्यु (तस्बिरहरू)

इकागज | साउन २३, २०८०

किभ- रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । धेरै देशले दुई देशबीचको यो युद्धलाई ...

आफ्नो मुद्धा हेर्ने न्यायाधीश फेर्नुपर्ने ट्रम्पको नयाँ अडान : भन्छन्- यी न्यायाधीशमाथि विश्वास छैन

इकागज | साउन २३, २०८०

अमेरिका- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुन...

पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते

इकागज | साउन २२, २०८०

तेहरान - पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको ...

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसंघ

इकागज | साउन २२, २०८०

नयाँ दिल्ली - राष्ट्रसंघले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतर...