रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएको खुलासा
मस्को- एक व्यक्तिले एक महिलालाई अपहरण गरी १४ वर्षसम्म आफ्नो घरमा यौन दासी बनाएर राखेको हालेको खुल्न आएको छ ।
यस क्रममा उक्त व्यक्तिले महिलालाई कोठरीमा कम्तीमा एक हजार पटक बलात्कार गरेको आरोप छ । उनले पीडितलाई शारीरिक र मानसिक यातना पनि दिए । यो घटना पश्चिमी रुसको चेल्याबिन्स्कको हो । मानसिक रोगी रहेको ती व्यक्ति अहिले अस्पतालमा भर्ना गरिएको छ ।
‘आउटलेट’को रिपोर्टमा पुरुषको कोठरीबाट भागेकी महिलाले १४ वर्षको यातनाको कथा सुनाएकी छन् । महिलाले यो घटना सन् २००९ मा रुसमा एक पागलले अपहरण गरेपछि सुरु भएको दाबी गरिन् । अहिले महिला ३३ वर्षकी भइन् । अपहरणकर्ता भ्लादिमिर चेस्कीडोभलाई अर्की एक महिलाको हत्या गरेको पनि आरोप छ। उनीविरुद्ध हत्या, जबरजस्ती करणी र अपहरणका मुद्दा दर्ता छन् ।
स्थानीय रिपोर्टका अनुसार ती महिलालाई भाग्न मद्दत गर्ने अभियुक्तकी आमा थिइन्। चेस्कीडोभले ओक्साना नामकी अर्की महिलालाई काल कोठरीमा मारेर टुक्रा टुक्रा गरेको महिलाले दाबी गरेकी छन् । अन्वेषकहरूले कालकोठरीमा मानव शरीरका भागहरू पनि फेला पारेका छन्। स्थानीय रिपोर्टका अनुसार आरोपी चेस्कीडोभकी आमा भ्यालेन्टिना सोही घरमा बस्थिन् । यी अपहरणका बारेमा उनलाई थाहा भएको बताइएको छ ।
चक्कु प्रहार गरी घरको काम गर्न सुत्ने कोठाबाट बाहिर निस्कन नदिएको पीडित महिलाले प्रहरीलाई बताइन् । उनले आफ्नो प्रतिवेदनमा सानातिना कुरामा बारम्बार दुर्व्यवहार गर्ने गरेको पनि दाबी गरेका छन् । झन्डै एक दशक लामो बसाईको क्रममा निर्मम रूपमा कुटपिट र शारीरिक यातनासमेत दिइएको थियो ।
रसिया टुडेले अनुसन्धान अधिकारीहरूलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा चेस्कीडोभले १९ वर्षीया एकटेरिनासँग सन् २००९ मा भेट गरेको बताएको छ । रक्सी खान घरमा निम्तो दिए । त्यसपछि यो सबै त्यहाँबाट सुरु भयो। चेस्कीडोभले उनलाई चक्कुले धम्की दिएको आरोप छ। हात खुट्टा बाँधेर कोठामा थुनिदिए । ज्यान जोगाएर अभियुक्तले पीडितलाई घरको काम गर्न लगाउन थाले ।
सो कालकोठरीमा बारम्बार यौन दुर्व्यवहार भएको पनि महिलाले बताइन् । महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्मसहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो ।