विश्व

पाकिस्तानमा आत्मघाती बम विष्फोट, ३५ जनाको मृत्यु

इकागज | साउन १५, २०८०

इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । 

इस्लामिक राजनीतिक दल जमियत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को सम्मेलनमा यो विस्फोट भएको हो । सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन् ।

भिडियोमा जमियत उलेमा–ए–इस्लाम–फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दावादको नारा लगाएको देख्न सकिन्छ । त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ । आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो ।

पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ ।

उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन । जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्। 

न्युज कारखाना

नाइजरमा सैन्य विद्रोहप्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

इकागज | साउन १४, २०८०

वासिगंटन डिसी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न...

म्यानमारबाट मणिपुर आउनेको बायोमेट्रिक डाटा लिन सुरु, अवैध नागरिक पहिचान गरिने

इकागज | साउन १४, २०८०

नयाँदिल्ली- मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ।&nbs...

चिनियाँसहित विदेशीलाई निशाना बनाइरहेका १० आतंकवादी पाकिस्तानमा पक्राउ

इकागज | साउन १३, २०८०

इस्लामाबाद- पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ ।  पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर...

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता

इकागज | साउन १३, २०८०

सिड्नी- अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ...